०६ साउन २०८३, बुधबार

गण्डकी सरकारविरुद्धको मुद्दामा बहस सकियो, आजै आदेश आउने

जेठ १४, २०८१
काठमाडौं
गण्डकी सरकारविरुद्धको मुद्दामा बहस सकियो, आजै आदेश आउने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा बहस सकिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा रहेको मुद्दामा बहस सकिएपछि आजै आदेश आउने भएको छ ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अघिल्लो सातादेखि बहस भइरहेको थियो । 

मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै बदरको माग रिटमा गरिएको छ।

६० सदस्य प्रदेश सभामा ३० जनाले मत दिँदा सभामुखले बहुमत पुगेको घोषणा गरेपछि उक्त निर्णय बदर हुनुपर्ने माग गर्दै रिट दायर भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्