
हावाहुरी र खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित बनेको छ । केही अन्तर्राष्ट्रिय जहाजहरू काठमाडौंको अवतरण गर्न सकेका छैनन् ।
विमानस्थल प्रवक्ता सुभाष झाका अनुसार सोमबार साँझ अवतरण हुन नसकेको एयर इन्डियाका जहाज भारतको लखनउ डाइभर्ट गरिएको छ ।
त्यसैगरी मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयरको जहाजले दुई पटक अवतरण गर्न खोज्दा ओभर सुट गर्नुपरेको हो ।
हावाका कारण अवतरण गर्न नसकेर बाटिक एयर अहिले पनि आकाशमा होल्ड रहेको उनले बताए ।
'हावाहुरी कम भएको बेलामा जहाजहरू अवतरण भइरहेका छन्,' झाले लोकान्तरसँग भने, 'बढेको बेलामा ओभरसुट गरेर आकाशमा होल्ड हुने गरेको छ ।'