
धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अदालतका न्यायाधीश यदुराज शर्माको एकल इजलासले जमानतमा रिहा गर्न अस्वीकार गर्दै सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए ।
धनुषा जिल्ला अदालतले आज तेस्रोपटक म्याद थप गरेको हो ।
यसअघि २ पटक ३/३ दिनकै म्याद थप भएको थियो ।
सिरोहियाको र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको उल्लेख गर्दै जाहेरी परेपछि धनुषा प्रहरीले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेर नियन्त्रणमा लिएको थियो ।