२७ जेठ २०८३, बुधबार

यात्रामा वाकवाक लाग्ने समस्या छ ? यो उपाय अपनाउनुस्

कात्तिक २०, २०७४
यात्रामा वाकवाक लाग्ने समस्या छ ? यो उपाय अपनाउनुस्

काठमाडौं, १ कात्तिक — तपाईंले घुमफिरको शोख छ तर यात्राका क्रममा वाकवाक आउँछ ? धेरै मानिस यो समस्याले ग्रस्त छन् र यसैकारणले गर्दा यात्रा गर्न डराउँछन् । तर यहाँ बताइएका केही कुरा बोकेर हिँड्ने गर्नुभयो भने यात्रामा असहज स्थिति आउनबाट रोक्न सकिन्छ ।


प्याजको रस

यात्रामा निस्कनुभन्दा एक घन्टाअघि एक चम्चा प्याजको रसमा एक चम्चा अदुवाको रस मिसाएर पिउनुस् । बान्ता आउँदैन ।

ल्वाङ
तपाईंलाई यात्राका बेलामा वाक्क आउन आँट्यो भने तुरुन्तै ल्वाङ चुस्न थाल्नुस् ।

अदुवा
अदुवा नै चपाउने वा अदुवा हालेको चिया खाने गर्दा पनि वाकवाक लाग्न पाउँदैन ।

पुदिनाको तेल
यात्राका बेलामा वाकवाकी लागेमा पुदिनाको तेलका केही थोपा रुमालमा छर्किनुस् र यात्रा अवधिमा सुँघ्नुस् । आराम पाउनुहुनेछ ।

कागती
एउटा सानो कपमा तातो पानी लिएर त्यसमा एउटा कागतीको रस र अलिकति नून मिसाउनुस् । त्यसलाई मज्जाले घोलेर पिउनुस् । यात्रामा समस्या आउन पाउँदैन ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्