०२ साउन २०८३, शनिबार
सहकारी ठगी प्रकरण

छानबिन समितिमा सहमतिसँगै १८ दिनदेखिको संसद् अवरोध हट्ने, समिति घोषणा आजै

जेठ १५, २०८१
काठमाडौं
छानबिन समितिमा सहमतिसँगै १८ दिनदेखिको संसद् अवरोध हट्ने, समिति घोषणा आजै

सहकारी ठगी सम्बन्धमा संसदीय छानबिन समिति गठन भएसँगै १८ दिनदेखि संसदमा जारी गतिरोध अन्त्य हुने भएको छ । दलहरूबीच सहकारी ठगी सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नेबारे मंगलवार ४ बुँदे सहमति भएको थियो । 

मंगलवारको सहमतिसँगै संसदमा कांग्रेसले अवरोध नगर्ने सहमहामन्त्री जीवन परियारले जानकारी दिए । सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले वैशाख २८ देखि संसदमा अवरोध गर्दै आएको थियो ।

tor photo  

कांग्रेसले संसदको हिउँदे अधिवेशनमा पनि छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको थियो । कांग्रेसले सहकारी ठगीमा रवि लामिछानेको नामै किटान गरेर समिति बनाउनु पर्ने अडान राखेपनि मंगलवार उनको नाम समावेश नगरी समिति बनाउने सहमति भएको हो । 

मंगलवार अपरान्ह बस्ने प्रतिनिधिसभा बैठकमा समिति गठनको औपचारिक निर्णय सुनाइने छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिमा दलहरूले समितिमा रहने सांसदको नाम दिनेछन् । सात सदस्यीय समितिमा कांग्रेस र एमालेका दुई–दुई तथा माओवादी केन्द्र, रास्वपा र राप्रपाका एक–एक सदस्य रहने छन् । समितिलाई तीन महिनाको समय दिइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्