२८ जेठ २०८३, बिहीबार

२५ सयको ब्रिफकेशमा १९ खर्बको बजेट

जेठ १५, २०८१
काठमाडौं
२५ सयको ब्रिफकेशमा १९ खर्बको बजेट

अर्थमन्त्री वर्षमान पुनले मंगलवार अपरान्ह ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने भएका छन् ।

बजेटको आकार करिब १९ खर्ब हुने अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

राष्ट्रिय योजना आयोगले तोकिदिएको १८ खर्बको सिलिङमा केही थपेर बजेट ल्याउन लागिएको अर्थमन्त्रालय स्रोतले जानकारी दियो । ​

यसपालीको बजेट पेश गर्ने ब्रिफकेश भने केही नौलो खालको हुनेछ ।

मंगलबार प्रधानमन्त्री कार्यालयमा अर्थमन्त्री पुनको हातमा नयाँ ब्रिफकेश देखिएको थियो । 

उनको सचिवालयले उक्त ब्रिफकेश नेपालमै बनेको जानकारी दियो । 

'अल्लो र ढाकाको मिक्स गरेर ब्रिफकेश बनाइएको हो,' अर्थमन्त्री पुनका स्वकीय सचिव सन्तोष पुनले लोकान्तरसँग भने, 'रोल्पाबाट सामान ल्याइएको हो । बनाइएको चाहिँ ठमेलको कालिगढबाट हो ।'

उक्त ब्रिफकेशमा ८० प्रतिशत अल्लो र २० प्रतिशत ढाका रहेको छ ।

उनले यसको मूल्य २५ सय नेपाली रुपैयाँ परेको लोकान्तरलाई बताए ।

salt training

कमेन्ट गर्नुहोस्