
नेपाली कांग्रेसले सहकारी ठगी सम्बन्धमा बन्ने संसदीय छानबिन समितिका लागि आफ्नो तर्फबाट सभामुखलाई नाम बुझाएको छ ।
कांग्रेसले सहमहामन्त्री बद्री पाण्डे र सांसद ईश्वरी न्यौपानेको नाम दिएको हो ।
पाण्डे र न्यौपानेको नाम सभामुखलाई दिइएको कार्यव्यवस्था परामर्श समितिमा रहेका कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिए ।
मंगलबार साँझ बस्ने प्रतिनिधि सभा बैठकले संसदीय छानबिन समिति गठन गर्दैछ ।
छानबिन समितिमा एमालेका तर्फबाट २, माओवादी, रास्वपा र राप्रपाका एक एक सदस्य रहने छन् ।