०३ साउन २०८३, आइतबार

कोशीमा तोकिएको समयमा नीति तथा कार्यक्रम ल्याइने

जेठ १६, २०८१
विराटनगर
कोशीमा तोकिएको समयमा नीति तथा कार्यक्रम ल्याइने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्धारित समयमै आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याइने बताएका छन् ।

नेकपा एमालेको  संसदीय दलको बैठकमा उनले प्रदेशसभामा नेपाली कांगेसको उपस्थिति भएर विरोध जनाए वा उपस्थित नभए पनि नीति तथा कार्यक्रम ल्याउने बताएका हुन् । 

दलका नेता तथा मुख्यमन्त्री कार्कीले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले प्रदेशसभाको बैठक बहिष्कार गर्नु उचित नभएको बताएका हुन् । मुख्यमन्त्री कार्कीको नियुक्ति असंवैधानिक भन्दै नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दायर गरेपछि प्रदेशसभा बैठक बहिष्कार गर्दै आइरहेको छ ।

कोशी प्रदेशसभाको बैठक यही जेठ २१ मा बोलाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्