
काठमाडौँ, १ कात्तिक - राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले दीपावली, छठ पर्व र नेपाल संवत् ११३८ का अवसरमा आज आयोजना गर्नुभएको भेटघाट तथा चियापान समारोहमा सहभागी हुनुभयो ।
समारोहमा मन्त्रिपरिषद्का अध्यक्ष पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश पूर्वसभामुख, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका वरिष्ठ कर्मचारी, उद्योगपति, व्यापारी, समाजसेवीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।
चियापान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भने उपस्थित हुनुभएन ।
*फाइल फोटो