२५ जेठ २०८३, सोमबार

रवि विरुद्धको रिटको पेशी न्यायाधीश पोखरेलको इजलासमा

जेठ १६, २०८१
काठमाडौं
रवि विरुद्धको रिटको पेशी न्यायाधीश पोखरेलको इजलासमा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न मागसिहत सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ । 

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट आज पोखरेलको इजलासमा परेको हो । 

लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार सर्वोच्चमा दर्ता भएको थियो ।

रिटमा गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ । 

रिटमा रविमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको मागसमेत गरिएको छ ।

शुरूमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो ।

लामिछाने पदमा रहिरहँदा सहकारी ठगी प्रकरणको छानबिनमा स्वार्थ बाझिने जिकिर रिटमा गरिएको छ ।

सुप्रिमसहित विभिन्न सहकारीका बचतकर्ताको रकम रविसमेतको संलग्नतामा गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको आरोप छ । यसबारे छानबिन गर्न संसदीय समिति समेत बनिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्