
परराष्ट्र सचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेकी छिन् ।
मंगलबार भएको भेटमा नेपाल र राष्ट्रसङ्घको बीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्रसंघले नेपालको विकासमा खेलेको भूमिकालगायतका विषयमा छलफल भएको न्यूयोर्कस्थित स्थायी नियोगले जनाएको छ ।
भेटका अवसरमा उनीहरूबीच जलवायु परिवर्तनलगायत बहुपक्षीय चासोका विषयमा छलफल भएको थियो ।
बरमुडामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकासशील साना टापु राष्ट्रहरूको सम्मेलनमा नेपालको तर्फबाट भाग लिन सचिव लम्सालले त्यहाँ पुगेकी हुन् ।
सोही सम्मेलनको साइड लाइन बैठकमा सचिव लम्सालले महासचिव गुटेरेससँग शिष्टाचार भेट गरेकी हुन् ।