३० जेठ २०८३, शनिबार

उत्कृष्ट प्रहरी निरीक्षक परियारलाई कुलानन्द स्मृति पुरस्कार

जेठ १६, २०८१
काठमाडौं
उत्कृष्ट प्रहरी निरीक्षक परियारलाई कुलानन्द स्मृति पुरस्कार

प्रहरी निरीक्षक पवनकुमार परियारलाई कुलानन्द स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ ।

नेपाल प्रहरीको प्रहरी निरीक्षक तालिम ११८२ औं (पीजीडीपीजेड १३ औं) समूहको २०८१ जेठ ११ गते भएको दीक्षान्त समारोहमा उनलाई सम्मान गरिएको हो ।

आधारभूत तालिम ११८२ औं समूहमा प्रथम बनेका प्रशिक्षार्थी प्रहरी निरीक्षक परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्मान पत्र प्रदान गरेका थिए ।

नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकलाई 'कुलानन्द स्मृति पुरस्कार' प्रदान गर्ने गरिन्छ ।

सम्मानित हुने परियारका साथै आधारभूत तालिम पूर्ण गरी दीक्षान्त भएका सम्पूर्ण ११८२ औं समूहका प्रहरी निरीक्षकहरूलाई प्रतिष्ठानले उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्