०५ साउन २०८३, मंगलबार

विश्वकप खेल्न सन्दीपलाई भिसा नदिएकोमा समर्थक आन्दोलित, अमेरिकी दूतावास जाँदै [तस्वीरहरू]

जेठ १६, २०८१
काठमाडौं
विश्वकप खेल्न सन्दीपलाई भिसा नदिएकोमा समर्थक आन्दोलित, अमेरिकी दूतावास जाँदै [तस्वीरहरू]
तस्वीरहरूः शिखा श्रेष्ठ/लोकान्तर ।

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि अमेरिकाले भिसा (प्रवेशाज्ञा) नदिएको भन्दै उनका समर्थक आन्दोलनमा उत्रिएका छन् ।

null

समर्थकहरू बुधवार काठमाडौंको माइतीघरमा भेला भएर आन्दोलनमा उत्रिएका हुन् । अदालतले निर्दोष सावित गरिसकेका खेलाडीलाई विश्वकप खेल्नबाट रोकिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।

null

भिसाका लागि दबाब सिर्जना गर्न समर्थकहरूले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा जाने तयारीसमेत गरिरहेका छन् । 

null

बलात्कार आरोपबाट गत जेठ २ गते सफाइ पाएपछि सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको थियो । तर भिसाको समस्या भएपछि उनले विश्वकप गुमाउने सम्भावना बढेको छ ।

null

यसबाट समर्थकहरू आक्रोशित बनेका हुन् । यही जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप हुँदैछ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्