०८ साउन २०८३, शुक्रबार
टी–२० विश्वकप

सन्दीपलाई भिसा दिन माग गर्दै काठमाडौंमा युवाको प्रदर्शन [फोटो फिचर]

जेठ १६, २०८१
काठमाडौं
सन्दीपलाई भिसा दिन माग गर्दै काठमाडौंमा युवाको प्रदर्शन [फोटो फिचर]
तस्वीरहरूः शिखा श्रेष्ठ/लोकान्तर ।

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

null

अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएका हुन् ।

null

माइतीघरमा भेला भएका समर्थक नयाँ बानेश्वरतर्फ अघि बढेका थिए । भिसाका लागि दबाब सिर्जना गर्न समर्थकहरूले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा जाने तयारी गरेका छन् । यसअघि उनीहरूले प्रधानमन्त्री निवास बालुवाटार गएर प्रदर्शन गर्ने पनि तयारी गरेका छन् । 

null

अदालतले निर्दोष सावित गरिसकेका खेलाडीलाई विश्वकप खेल्नबाट रोकिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।

null

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही पनि आन्दोलनमा सहभागी भएका छन् । उनैले आन्दोलनमा आउन सबैलाई आह्वान गरेका थिए ।   

null

बलात्कार आरोपबाट गत जेठ २ गते सफाइ पाएपछि सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको थियो । तर भिसाको समस्या भएपछि उनले विश्वकप गुमाउने सम्भावना बढेको छ ।

null

यसबाट समर्थकहरू आक्रोशित बनेका हुन् । यही जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप हुँदैछ ।

null

नेपाली टोली भने अहिले विश्वकपको तयारीस्वरुप अमेरिकामा अभ्यास खेल खेलिरहेको छ ।

null 

salt training

कमेन्ट गर्नुहोस्