
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको वीर अस्पतालमा दाँतको उपचार गराएका छन् ।
प्रचण्डले बुधवार अस्पताल गएर दाँतको उपचार गराएको तस्वीर उनको सचिवालयले सार्वजनिक गरेको छ ।
तस्वीरमा उनकी माइली छोरीसमेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर (प्रमुख) रेनु दाहाल र कान्छी छोरी गंगा दाहाललाई पनि देख्न सकिन्छ ।
प्रधानमन्त्री प्रचण्ड दाँतको उपचार गराउन पछिल्ला एक–डेढ महिनायता तेस्रोपटक वीर अस्पताल पुगेका हुन् ।