
काभ्रेपलाञ्चोकको साँगामा रोकिरहेको ट्यांकरमा ६ वटा सवारीसाधन ठोक्किएका छन् ।
बुधबार साँझ सडकको छेउमा रोकिरहेको ट्यांकरमा मोटरसाइकल, स्कुटर, दुई वटा कार, टाटाको योद्धा र ट्रक ठोकिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठका अनुसार मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
अन्य घाइतेमा स्कुटर चालक रहेको जानकारी श्रेष्ठले दिए ।
उनले घटनास्थलमा प्रहरी र ट्राफिक प्रहरी खटिएकाले थप विवरण आउन बाँकी रहेको बताए ।
‘सबैलाई हतारो हुँदा दुर्घटना निम्तिएको हो, रोकिरहेको ट्यांकरमा शुरूमा एउटा गाडी ठोकियो, पछाडिका सबै तीव्र गतिमा थिए, उनीहरू पनि ठोकिएका हुन्,’ उनले भने ।
घाइते हुनेमा बा ६३ प ७ नम्बरको मोटरसाइकल चालक पनौती घर भएका प्रकाश सापकोटा र बागमती प्रदेश–०२–०४४ प ०५७३ नम्बरको स्कुटर चालक बनेपा घर भएकी १८ वर्षीया देविना कर्मचार्य छिन् ।