
सुर्खेतमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार २ जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छभने दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको छ ।
दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको कार्यालयले जनाएको छ ।
दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको प्रहरीले जनाएको छ ।