२१ जेठ २०८३, बिहीबार

के साँच्चै दिल्लीको तापक्रम ५२.९ डिग्री पुगेको थियो ?

जेठ १७, २०८१
काठमाडौं
के साँच्चै दिल्लीको तापक्रम ५२.९ डिग्री पुगेको थियो ?

बुधबार साँझ भारतको राजधानी नयाँ दिल्लीको तापक्रम ५२.९ डिग्री पुगेको मिडिया रिपोर्टमा आएको थियो । यो भारतमा अहिलेसम्मकै उच्च तापक्रम भएको बताइएको छ ।

तर, मौसम विभाग र विज्ञान मन्त्रालयले दिल्लीको तापक्रम यति उच्च थियो वा थिएन भन्ने विषयमा विज्ञप्ति जारी गर्दै यस तथ्याङ्कको पछाडि सेन्सरको खराबी हुन सक्ने आशंका व्यक्त गरेको बीबीसी हिन्दीले जनाएको छ ।

विज्ञप्तिमा मंगेशपुरको तापक्रम ५२ दशमलव ९ डिग्री रेकर्ड हुनुमा सेन्सरको खराबी पनि एउटा कारण हुनसक्ने उल्लेख छ । मौसम विभागले सेन्सर र डाटा जाँच गरिरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्