२१ जेठ २०८३, बिहीबार

विराटनगर पुगेर प्रचण्डले भने– माधव नेपालको यताउता गर्ने बानी छ तर, गठबन्धन परिवर्तन हुँदैन

जेठ १७, २०८१
विराटनगर
विराटनगर पुगेर प्रचण्डले भने– माधव नेपालको यताउता गर्ने बानी छ तर, गठबन्धन परिवर्तन हुँदैन

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन नछाड्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले माधव नेपालको बानी यताउता गर्ने भए पनि गठबन्धनमा असर गर्ने खालको नभएको बताएका हुन् । 

'माधवजी अस्तिदेखि नै यताउता गरिरहनुभएको छ,' उनले भने, ' माधवजीले समीकरणभन्दा बाहिर छैन र हुन्न भन्ने कुरा क्लियर गर्नुभएको छ । बिहानै मसँग पनि टेलिफोनमा कुराकानी भएको छ ।’

उनले मधेशमा पनि अहिलेको समीकरणभन्दा बाहिर गएर सरकार नबन्ने विश्वास व्यक्त गरे । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा सत्तारूढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका थिए ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको बजेटले सबैलाई समेटेको बताए । 

उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि शुरू हुने श्रमाधान रोजगार मेलाको उद्घाटन गर्न विराटनगर पुगेका हुन् । श्रमाधान मेला सातवटै प्रदेशमा आजदेखि ३० जेठसम्म सञ्चालन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्