३१ जेठ २०८३, आइतबार

एनसेलले घटायो अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक शुल्क

जेठ १७, २०८१
काठमाडौं
एनसेलले घटायो अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक शुल्क

एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्ने भएका छन् । आम मानिसलाई मोबाइल डेटामार्फत् सधैं अन अर्थात् अनलाइन राख्ने आफ्नो प्रतिवद्धता बमोजिम एनसेलले आफ्नो रोमिङ डेटा शुल्क उल्लेख्य रूपमा घटाउँदै शुल्क परिमार्जन गरेको हो ।

एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, चीन, बेलायत र थाइल्याण्ड रहेका छन् । परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागू भएको एनसेलले जनाएको छ ।

यो डेटा रोमिङ प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरू पाइन्छ र जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु पर्दैन ।

डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले करसहित दैनिक मात्र ७९.८८ मा अमेरिका, यूएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । यो शुल्क यस अघिको दैनिक १९०.१८ को तुलनामा ५८ प्रतिशतले कम हो ।

त्यस्तैगरी चीन, बेलायत र थाइल्याण्ड भ्रमणमा जाने एनसेलका ग्राहकहरूले करसहित मात्र १९०.१८ मा प्रति दिन डेटा सेवाको फाइदा लिन सक्ने छन् । परिमार्जनअघि यी गन्तव्यहरुमा दैनिक डेटा रोमिङको शुल्क ६३३.९३ रहेको थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ ।

ग्राहकले *१७१२९*२# डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएको छ । प्रिपेड ग्राहकले *१२३# डायल गरी यो प्याक सजिलै लिन सक्छन् । त्यस्तै इच्छुक ग्राहकले एनसेल एप वा एनसेलको वेभसाइटबाट पनि प्याक लिन सक्ने सुविधा रहेको कम्पनीले जनाएको छ ।

ग्राहकहरूले देशभित्र वा नेपाल बाहिर रहँदा पनि विभिन्न वालेटमार्फत् सजिलै ब्यालेन्स रिचार्ज गरेर डेटा प्याक खरिदका साथै अरु कार्य गरी सधैं कनेक्टेड रहन सक्ने छन् ।

परिमार्जन गरिएको डेटा रोमिङको शुल्कले यी देशहरूमा विविध उद्देश्यका राखी यात्रा गर्ने एनसेलका ग्राहकलाई ठूलो महत्वराख्ने विश्वास एनसेलले लिएको छ । यो प्याक सुचारु गर्न कुनै शुल्क पनि लाग्दैन ।

यी देशहरूमा जादाँ रोमिङ स्वतः सुचारु हुन्छ र ग्राहकले सिधै दैनिक डेटा रोमिङ खरिद गरी डेटा सेवा प्रयोग गर्न सक्छन् । एनसेलको रोमिङ सेवा विश्वका १०० भन्दा बढी देशहरुमा उपलब्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्