१३ असार २०८३, शनिबार

तौलिहवाको मालपोत कार्यालयका नासुविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ १७, २०८१
काठमाडौं
तौलिहवाको मालपोत कार्यालयका नासुविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा (नासु) नरहरि खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा नामसारी गर्ने नाममा खनालले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको थियो । 

उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका सूचना अधिकारी देवीप्रसाद थपलियाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्