१२ साउन २०८३, मंगलबार
नयाँ सरकारको कसरत

मधेशमा जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने तीन दलको सहमति

जेठ १७, २०८१
काठमाडौं
मधेशमा जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने तीन दलको सहमति

मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्न तीन दलबीच सहमति भएको छ ।

बिहीबार काठमाडौंमा बसेको बैठकले जनमतसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच यस्तो सहमति गरेको हो । 

जनमतका अध्यक्ष डा सीके राउतको उपस्थितिमा बसेको बैठकले मन्त्रालय बाँडफाँट आपसी सहमतिमा गर्ने निर्णयसमेत गरेको छ ।

उनीहरूबीच भएको लिखित सहमतिमा तीन दलका नेताहरूले हस्ताक्षर गरेको सहमति पत्र डा राउतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

सहमति पत्रमा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको नामसमेत समावेश भएपनि उनीहरूका प्रतिनिधिले भने हस्ताक्षर गरेका छैनन् ।

null 

मधेश प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बोलाएको बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।

उनीहरूले पनि मधेशमा जसपा नेतृत्वको सरकार जोगाउने कसरत गरेका थिए । मधेश राजनीतिमा एकीकृत समाजवादी र लोसपा तानातानमा परेको देख्न सकिन्छ ।


 

salt training

कमेन्ट गर्नुहोस्