१० साउन २०८३, आइतबार

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा सदस्य मनोनीत

जेठ १८, २०८१
काठमाडौं
कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा सदस्यमा १० सदस्य मनोनीत गरेका छन् । 

केन्द्रीय सदस्य सीता थपलिया प्रमुख रहेको विभागमा देउवाले शुक्रबार १० सदस्य मनोनीत गरेका हुन् । 

मनोनीत गरिएका सदस्यमा खगेन्द्र आचार्य काठमाडौं, विश्वामित्र रिजाल सर्लाही, अशोककुमार साह सिराहा, मुकेश गुप्ता रौतहट र रवि सापकोटा नवलपुर छन् । 

त्यस्तै, रामकृष्ण ढुंगेल रामेछाप, विपिन राई संखुवासभा, उपेन्द्र जोशी कैलाली, वसन्त जोशी दाङ र लक्ष्मी कार्की सुर्खेतलाई पनि सदस्यमा मनोनीत गरिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्