२७ जेठ २०८३, बुधबार

लागुऔषध कारोबारको पैसा लिन जहाज चढेर काठमाडौं​​​, १९७ ग्राम खैरो हेरोइनसहित २ जना पक्राउ​

जेठ १८, २०८१
काठमाडौं
लागुऔषध कारोबारको पैसा लिन जहाज चढेर काठमाडौं​​​, १९७ ग्राम खैरो हेरोइनसहित २ जना पक्राउ​

लागुऔषध कारोबारमा संलग्न एक व्यक्ति झापाबाट जहाज चढेर काठमाडौं उत्रिएलगत्तै प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाका जाहिर आलम छन् । उनले झापा गौरीगञ्जबाट अन्जिला खातुनलाई लागुऔषध खैरो हेरोइन बुझाएका थिए ।​

खातुन झापादेखि बस चढेर काठमाडौं आइन् । आलम भने जहाज चढेर काठमाडौं आइ चाबहिलमा पैसा लिन गएका बेला पक्राउ परेका हुन् ।

प्रहरीले खातुनबाट १९७ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियका अनुसार आलम पैसा लिन भनेर आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो ।

खातुनले भारतदेखि उक्त लागुऔषत बोकेर बसमा काठमाडौं आएकी हुन् ।

आलमले खातुनलाई भरियाको रूपमा प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्