२८ जेठ २०८३, बिहीबार
मूल्य समायोजन

पेट्रोलियम पदार्थको मूल्य घट्यो, 'हरित कर' लागू

जेठ १८, २०८१
काठमाडौं
पेट्रोलियम पदार्थको मूल्य घट्यो,  'हरित कर' लागू

नेपाल आयल निगमले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । भारतबाटै मूल्य घटेर आएसँगै  निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। 


घटेको मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ ।  

निगमले लागू गरेको नयाँ मूल्य शनिबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने जनाइएको छ। 

यसैबीच सरकारले बजेट वक्तव्यमार्फत सरकारले लगाएको हरित करसमेत जोडेर मूल्य समायोजन गरेको निगमले जनाएको छ । जेठ १५ मा सरकारले हरित करको रुपमा पेट्रोल र डिजेलमा १ रुपैयाँ प्रतिलिटर कर लगाउने घोषणा गरेको थियो । 

निगमको विज्ञप्ति हेर्नुहोस्

null

salt training

कमेन्ट गर्नुहोस्