०९ असार २०८३, मंगलबार
पेट्रोल र डिजेलको मूल्य घट्यो

'हरित कर' जोडेर पेट्रोलियम पदार्थको मूल्य समायोजन, लिटरको कहाँ कति पुग्यो ?

जेठ १९, २०८१
काठमाडौं
'हरित कर' जोडेर पेट्रोलियम पदार्थको मूल्य समायोजन, लिटरको कहाँ कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै  निगमले शुक्रबार पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । 

सरकारले बजेट वक्तव्यमार्फत् सरकारले लगाएको हरित करसमेत जोडेर मूल्य समायोजन गरेको निगमले जनाएको छ । जेठ १५ मा सरकारले हरित करको रुपमा पेट्रोल र डिजेलमा १ रुपैयाँ प्रतिलिटर कर लगाउने घोषणा गरेको थियो । 

निगमले लागू गरेको नयाँ मूल्य गएराति १२ बजेदेखि लागू भएको छ । घटेको मूल्यअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ ।  

विराटनगर, वीरगन्ज, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ १६५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५० रूपैयाँ ५० पैसा पर्नेछ।

सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५२ रूपैयाँ पर्नेछ ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ ।

निगमको विज्ञप्ति हेर्नुहोस्

null

salt training

कमेन्ट गर्नुहोस्