३२ असार २०८३, बिहीबार

प्रादेशिक अस्पतालको मेसुमा दोस्रोपटक ढकाल

जेठ १९, २०८१
काठमाडौं
प्रादेशिक अस्पतालको मेसुमा दोस्रोपटक ढकाल

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डनमा डा. इन्द्र ढकाल नियुक्त भएका छन् ।

शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले ढकाललाई मेसुमा नियुक्त गर्ने निर्णय गरेको हो । 

ढकाल यसअघि पनि अस्पतालको मेसु भएका थिए । 

बैठकले प्रदेश सरकार मातहतमा रहेका अन्य अस्पतालहरूको प्रमुखसमेत सरुवा गरेको छ । जसअन्तर्गत गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ । 

भीम अस्पताल, भैरहवाका मेडिकल सुपरिटेन्डनमा डा.मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा.सकुन्तला गुप्ता लुम्बिनी प्रादेशिक अस्पतालबाट भीम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्डनको रूपमा सरुवा गरिएको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्