०२ असार २०८३, मंगलबार

भारतमा आज अन्तिम चरणको मतदान

जेठ १९, २०८१
काठमाडौं
भारतमा आज अन्तिम चरणको मतदान

भारतमा जारी लोकसभा चुनावअन्तर्गत सातौं र अन्तिम चरणको मतदान आज हुँदै छ । आज बिहान ७ बजेबाटै मतदान शुरू भएको हो । 

अन्तिम चरणमा ८ राज्य र केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान भइरहेको छ । साथै, ओडिशा विधानसभाका लागि ४२ सिटमा पनि मतदान भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

यस चरणमा देशभरका १०.९ लाख मतदान केन्द्रमा करिब १०.०६ करोड मतदाताले मतदान गर्नेछन् । ५.२४ करोड पुरुष र ४.८२ करोड महिला मतदाता छन् ।

यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, रविशंकर प्रसाद, अनुराग ठाकुर, कंगना रनौत, रवि किशनजस्ता नेताहरू मैदानमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्