
माछापुच्छ्रे बैंक लिमिटेडले त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको शारदा नगरपालिका वडा नम्बर १५ माल्नेटामा रहेको विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार २०८१ जेठ १६ गते विद्यालयमा आयोजित एक कार्यक्रमका बीच खानेपानीका पूर्वाधार हस्तान्तरण गरिएको छ ।
विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानीका अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाएपश्चात बैंकले विद्यालयको अवस्था अवलोकन गरी पूर्वाधार निर्माण गरेको हो ।
२८९ जना विद्यार्थी एवं १८ जना शिक्षक/कर्मचारी कार्यरत विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाइप जडान गरी खानेपानीको व्यवस्था गर्दै आएको थियो ।

तर खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुनेलगायतका समस्या विद्यालयले झेल्नु परेको थियो ।
उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गरेको हो ।
साथै विद्यालय परिसरमा धाराको निर्माण गरेर उक्त निर्माण गरिएका पूर्वाधारहरू विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बैंकले झण्डै २ महिनाको समय लगाएर उक्त पूर्वाधारहरू निर्माण गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थासँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ ।
