२२ जेठ २०८३, शुक्रबार

‘ब्लडमनी’को अभावमा मृत्यु कुर्दै साउदीको जेलमा नेपाली

कात्तिक २०, २०७४
‘ब्लडमनी’को अभावमा मृत्यु कुर्दै साउदीको जेलमा नेपाली

काठमाडौं, २ कात्तिक — झण्डै साढे तीन वर्षदेखि साउदी अरबको जेलमा रहेका नवलपरासीको मध्यविन्दु नगरपालिका–४ मदनपुरका ३७ वर्षीय थानेश्वर भुसाललाई जेलबाट मुक्त गराउनका लागि रकम संकलन अभियान शुरु गरिएको छ ।


भुसाललाई मुक्त गराउन डेढ लाख साउदी रियल लाग्ने भएको छ । उनलाई तोकेको जेल अवधि सकिसक्दा पनि उनले बुझाउनुपर्ने जरिवाना रकम बुझाउन नसक्दा उनी अझै छुट्न सकेका छैनन् ।

त्यसका लागि नवलपरासीमा रकम संकलन अभियान थालिएको आप्रवासी कामदारको क्षेत्रमा काम गर्दै आइरहेको संस्था सामी परियोजनाले जनाएको छ । प्रवासी मञ्चको सहयोगमा काठमाडौं र साउदीमा पनि रकम संकलन जारी छ ।

सोही क्रममा नवलपरासीमा पनि संकलन अभियान थालिएको सामी परियोजना कावासोतीले जनाएको छ ।

नवलपरासीमा अहिलेसम्म रु २१ हजार २०० संकलन भएको सामी मनोसमाजिक परामर्शकर्ता आप्रवासी कामदार हकहित संरक्षण मञ्चका सदस्य शुभ रानाले बताए ।


मध्यविन्दु नगरपालिका–७ चोरमारा बजारको दक्षिणतर्फको गाउँबाट रु १३ हजार ९१० संकलन भएको छ ।
भुसाललाई लाइसेन्स नभएको मुद्दामा जेल हालिएको हो ।

२०६८ साल असोज ६ गते साउदी गएका थानेश्वर २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए ।

उनले चलाएको टिप्परमा एउटा सवारीसाधनले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने सवारीसाधनमा रहेका र ठक्करबाट धकेलिएको टिपरले अगाडि ठक्कर दिने अर्काे सवारीसाधनमा रहेका गरी दुईजनाको ज्यान गएको थियो ।

भुसाल दुर्घटनामा गम्भीर घाइते भएका थिए । दुर्घटनापछि करिब १० महिना जेल परेका उनी जेलबाट छुटेपछि घर आउन खोज्दा कम्पनीको साहुले घर आउन नदिई पुनः काममा लगाएको उनकी आमा यमकला भुसालले बताइन् ।


पुनः काम गरेर घर फर्कने बेला साउदीको प्रहरीले उनलाई सोही मुद्दामा पुनः पक्राउ गरेको हो । उनी साढे तीन वर्षदेखि जेलमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्