२२ जेठ २०८३, शुक्रबार

भारतमा लोकसभा निर्वाचनः ५८.३४ प्रतिशत मतदान

जेठ १९, २०८१
काठमाडौं
भारतमा लोकसभा निर्वाचनः ५८.३४ प्रतिशत मतदान

नयाँ दिल्ली–लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा सात राज्य र केन्द्र शासित प्रदेश चण्डीगढ़मा बेलुका ६ बजे सम्म ५८.३४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले शनिबार जनाएको छ ।

पश्चिम बङ्गालमा सबैभन्दा बढी ६९.८९ प्रतिशत, बिहारमा ४८.८६ प्रतिशत, चण्डीगढ़मा ६२.८० प्रतिशत, ओडिशामा ६२।४६ प्रतिशत, पञ्जाबमा ५५.२० प्रतिशत, उत्तर प्रदेशमा ५४ प्रतिशत र हिमाचल प्रदेशमा ६६.५६ प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ ।

सात राज्य र केन्द्र शासित प्रदेश चण्डीगढका ५७ संसदीय निर्वाचन क्षेत्रका लागि शनिबार बिहान ७ बजे अन्तिम चरणको मतदान शुरू भएको थियो । 

आयोगका अनुसार करिब पाँच करोड २४ लाख पुरुष, चार करोड ८२ करोड महिला र तीन हजार ५७४ जना  तेस्रो लिङ्गी मतदातासहित १० करोड ६ लाखभन्दा बढी मतदाताहरू लोकसभा चुनावको सातौं चरणमा आफ्नो मताधिकार प्रयोग गर्न योग्य रहेका थिए । 

पञ्जाबका १३ तथा हिमाचल प्रदेशका ६ वटा सीटमा सबै संसदीय क्षेत्रहरूमा शनिबार अन्तिम चरणमा मतदान भएको छ । साथै, ओडिशा राज्य विधानसभाको बाँकी ४२ विधानसभा निर्वाचन क्षेत्रहरूको लागि पनि मतदान भएको छ । 

सात चरणको लोकसभा चुनावको लामो प्रचारको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले ७५ दिनमा २०० भन्दा बढी प्रचार कार्यक्रमहरूमा सहभागिता जनाएका थिए । यसमा प्रदर्शन र चुनावी सभाहरू पनि समावेश गरिएको छ । 

त्यसैगरी, कांग्रेस नेता राहुल गान्धीले लोकसभा चुनावमा न्याय सम्मेलन र न्याय मञ्चजस्ता १०० भन्दा बढी चुनावी सभा र सार्वजनिक अन्तरक्रियामा सहभागिता जनाए । 

लोकसभा चुनावको अघिल्लो ६ चरणका लागि मतदान अप्रिल १९, अप्रिल २६, मे ७ , मे १३, मे २० र मे २५ मा भएको थियो । आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशमा पनि विधानसभा चुनावहरू भएका छन् । ओडिशामा पनि पछिल्लो चार चरणमा लोकसभा र विधानसभाको चुनाव एकैसाथ भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्