१२ साउन २०८३, मंगलबार

रियलले जित्यो च्याम्पियन्स लिगको १५ औँ उपाधि

जेठ २०, २०८१
काठमाडौं
रियलले जित्यो च्याम्पियन्स लिगको १५ औँ उपाधि

स्पेनिस क्लब रियल म्याड्रिडले युरोपियन क्लब फूटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको अर्को उपाधि जितेको छ । बेलायतको लन्डनस्थित वेम्बली रंशशालामा शनिबार राति भएको फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २–० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।

यससँगै रियलले च्याम्पियन्स लिगको १५ औँ उपाधि जित्न सफल भएको छ । उसको छेउछाउ कुनै क्लब पुग्न सकेका छैनन् । रियलपछि इटालियन क्लब एसी मिलानले ७ वटा उपाधि जितेको छ । यो रियलले जितेकोको आधाभन्दा कम हो ।

शनिबार राति रियललाई कीर्तिमानी १५ औँ उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक–एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

null

कार्भाजालले ७४ औं र भिनिसियसले ८३ औं मिनेटमा गोल गरेका हुन् । टोनी क्रुजको कर्नरमा कार्भाजालले हेड गोल गर्दै रियलको खाता खोले । डर्टमुन्डका खेलाडीको मिस पासको फाइदा उठाउँदै जुड बेलिङघमले उपलब्ध गराएको पासमा भिनिसियसले अर्को गोल गरेका हुन् ।

डर्टमण्डका करिम अडेमीले पहिलो हाफमा दुईवटा मौका खेर फाल्दा स्ट्राइकर निकलस फुलक्रगको प्रहार पोस्टमा लागेको थियो ।

यससँगै डर्टमुन्ड भने रियललाई रोक्दै आफ्नो दोस्रो च्याम्पियन्स लिग उपाधि जित्न असफल भएको छ । सन् १९९७ मा जितेयता उसले उपाधि जित्न सकेको छैन । उ फाइनलमा चुक्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्