२१ जेठ २०८३, बिहीबार
आईसीसी टी–२० क्रिकेट विश्वकप

टी–२० विश्वकप शुरूः उद्घाटन खेलमा क्यानडाविरुद्ध फिल्डिङ गर्दै आयोजक अमेरिका

जेठ २०, २०८१
काठमाडौं
टी–२० विश्वकप शुरूः उद्घाटन खेलमा क्यानडाविरुद्ध फिल्डिङ गर्दै आयोजक अमेरिका
अमेरिकाका कप्तान मोनाक पटेल ।

१० औँ आईसीसी टी–२० क्रिकेट विश्वकप प्रतियोगिता आजदेखि शुरू भएको छ । 

उद्घाटन खेलमा सहआयोजक अमेरिका र छिमेकी क्यानडा बिहान सवा ६ बजे प्रतिस्पर्धामा उत्रिएका छन् ।

अमेरिकाले पहिले फिल्डिङ गरिरहेकाे छ । कप्तान मोनाक पटेलले टस जितेर फिल्डिङ गर्ने निधो गरेका हुन् ।  

समूह ‘ए’को यो खेल अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेरी रंगशालामा भइरहेको छ । 

null

अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुन गइरहेको प्रतियोगिता नेपाली समयअनुसार जुलाई २ मा सकिँदैछ । 

प्रतियोगितामा २० टोली सहभागी छन् । 

आज साँझ सवा ८ बजे सहआयोजक वेस्ट इन्डिज र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । 

समूह ‘डी’मा रहेको नेपालले भने आफ्नो पहिलो खेलअन्तर्गत जुन ५ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेशजस्ता टेस्ट राष्ट्र पनि छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्