२३ जेठ २०८३, शनिबार

मिठाईको मूल्य २० प्रतिशतले बढ्यो, रंग हालेको मिठाई स्वास्थ्यका लागि हानिकारक

कात्तिक २०, २०७४
मिठाईको मूल्य २० प्रतिशतले बढ्यो, रंग हालेको मिठाई स्वास्थ्यका लागि हानिकारक

काठमाडौं, २ कार्तिक– नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा मिठाईको बजार अत्यधिक चल्ने गर्छ । तिहारमा सबैभन्दा बढी प्रयोग हुने परिकार हो मिठाई । दिदीबहिनीले दाजुभाईलाई मिठा–मिठा परिकार खुवाउने प्रचलन हुँदा तिहारमा मिठाईको व्यापार बढ्ने गर्छ ।

दूधसँगै मिठाईको मूल्य पनि बढ्यो

यो वर्ष दूधको मूल्य बढेपछि मिठाईको मूल्य पनि बढेको छ । गत भदौमा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढेपछि मिठाईको मूल्य पनि सोहीअनुसार बढेको व्यवसायीहरु बताउँछन् । मिठाईका अधिकांश परिकार दूधबाटै बन्छन् । यस्तै दूध प्रयोग नुहेन मिठाईको कच्चा पदार्थको मूल्य बढेको आगन स्वीट्सकी व्यवस्थापक अन्जु ग्वैन्काले बताइन् । उनकाअनुसार यो वर्ष गर्त वर्षको भन्दा करिब २० प्रशितले मिठाईको मूल्य बढेको छ ।

‘गत वर्ष प्रतिकिलो आठ सय रुपैयाँ रहेको मिठाईको मूल्य यो वर्ष एक हजार रुपैयाँ पुगेको छ,’ अन्जुले भनिन्, ‘कच्चा पदार्थको मूल्य बढेसँगै मिठाइएको मूल्य बढेको हो ।’ उनकाअनुसार रसवरी, लालमोहन, रसमलाई, कलाकन्द, कालाजामुन, गुनचक्की लगायतका मिठाईको मूल्यमा खासै फेरबदल भएको छैन । दूधवरी, लड्डू, पेडा, काजु वर्फी, वर्फी लगायतका मिठाईको मूल्य प्रतिगोटामा दुई देखि पाँच रुपैयाँसम्म बढेको छ ।

काठमाडौंको सुन्धारास्थित गुलाब स्वीट्सका व्यवस्थापक राजेन्द्र अग्रवाल यो वर्ष मिठाईमा प्रतिकिलो २ देखि ३ सय रुपैयाँ मूल्यबृद्धि भएको बताउँछन् । उनका अनुसार हाल बजारमा रसवरी प्रति वटा ३० देखि ३२ रुपैयाँ, लालमोहन प्रति वटा ३५ देखि ४० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

यसैगरी मोतिपाक वर्फी, खुवा चोको वर्फी, कोकोनट वर्फी, ब्राउन पेडा, ह्वाइट पेडा, लड्डु लगायतका मिठाईको मूल्य प्रतिकिलो ९ सय देखि १५ सयसम्म पर्छ । यी मिठाईको मूल्य गत वर्षको तिहारमा प्रति किलो ७ सय देखि १ हजार रुपैयाँसम्म रहेको उनको भनाई छ ।

गुणस्तरबारे ध्यान दिन जरुरी

अहिले बजारमा विभिन्न किसिमका मिठाई पाइन्छन् । तर मिठाईको गुणस्तरबारे भने विभिन्न समयमा प्रश्न उठ्ने गरेको छ । मिठाईहरु आकर्षक देखाउन बिभिन्न किसिमका रंगको प्रयोग गर्ने प्रचलन पनि बढ्दो छ । निकै स्वादिष्ट तथा गुणस्तरीय मिठाई रंग मिसाउँदा अखाद्य बस्तुमा परिणत हुने खाद्यविदहरु बताउँछन् ।

तिहारमा दाजुभाई तथा दिदीबहिनीले एकअर्कालाई मिठाई उपहार दिने चलन छ । यही कुरालाई मध्यनजर गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई पसलहरुमा निरन्तर अनुगमन गरिरहेको जनाएको छ । विभागका खाद्य अनुसन्धान अधिकृत मदन कुमार चापागाई मिठाईको गुणस्तरबारे उपभोक्ता आफैं सचेत हुनेपर्ने बताउँछन् ।

‘मिठाइ तथा तिहारमा तयारी खानेकुरा किन्नुअघि उपझोक्ता आफैं सचेत हुन जरुरी छ ,’ उनले भने, ‘मिठाइ किन्नु अघि बनाएको ठाउँको वातावरण कस्तो छ ? सफा छ कि छैन ख्याल गर्नुपर्छ । धुलाे उडिरहेको सडक छेउमा बनाइएका, रंग मिसाएर पकाएको मिठाइले स्वास्थ्यमा असर गर्न त्यसैले त्यस्ता मिठाइ खानु हुँदैन । सकेसम्म घरमै बनाएर मिठाइ खाँदा स्वाच्छ, सफा र ताजा पनि हुन्छ, स्वास्थ्यलाई पनि असर गर्दैन ।’

salt training

कमेन्ट गर्नुहोस्