
काठमाडौं, २ कात्तिक– मंसिर १० र २१ को प्रतिनिधि र प्रदेशसभाको चुनाव नजिकिएसँगै दलहरु उम्मेदवार चयनमा जुटेका छन् । तर वाम गठवन्ध र लोकतान्त्रिक गठवन्धन टुंगोमा पुग्न सकिरहेका छैनन् ।
मनोनयन दर्ताका अघिल्ला दिनसम्म तिहार भएका कारण समेत उम्मेदवार चयन प्रभावित हुने देखिएको छ । तर दलका नेताहरुले भने चाडपर्व भएपनि पाँच गते अगावै उम्मेदवार चयन गरिसक्ने बताएका छन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले शनिवारसम्ममा वाम गठवन्धनले उम्मेदवार चनय सकिसक्ने दाबी गरिन् ।
वाम गठवन्धनमा सकसवाम गठवन्धन भएको आधामहिना वितिसक्दा पनि एमाले र माओवादी केन्द्रले उम्मेदवारहरु चयन सकेका छैनन् । दुई पार्टीबाट उम्मेदवार चयनका लागि कार्यदलनै बनाइएको भएपनि सहमति जुट्न सकेको छैन ।
एमालेबाट इश्वर पोखरेल, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेको समितिले मुलभुत विषयमा सहमति गरेपनि उम्मेदवारको अन्तिम टुंगो लगाउन नसकेको हो ।
पार्टी एकता संयोजन समितिले उम्मेदवार चयनलाई अन्तिम रुप दिन नसकेको हो ।
केपी ओली, झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम एमालेबाट तथा प्रचण्ड, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रबाट रहेको संयोजन समितिले निरन्तर प्रयास गरेको भएपनि सफल हुन सकेको छैन ।
शीर्ष नेताकै क्षेत्रमा चुनौतीवाम गठवन्धनबाट उम्मेदवार चयनमा शीर्ष नेताकै क्षेत्रको चयन पेचिलो बनेको छ । दुई पार्टीका प्रभावशाली नेताहरुको क्षेत्र एकै भएको निर्वाचन क्षेत्रमा दलहरुलाई सकस परेको छ ।
त्यस्तै प्रभावशाली उम्मेदवार रहेको क्षेत्रमा सम्वन्धित पार्टी कमजोर रहदाँ अर्को पार्टीले त्यसलाई स्विकार नगर्ने अवस्था बनेको छ । चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र रामबहादुर थापा चुनाव लड्ने तयारीमा छन् तर चितवनमा माओवादीको अवस्था कमजोर भएपछि एमालेले त्यसलाई स्विकार गरेको छैन ।
त्यस्तै दाङ ३ मा युवराज ज्ञवाली र २ बाट शंकर पोखरेलको नाम सिफारिस भएको छ । माओवादी नेता कृष्णबहादुर महराले पनि २ मै उठ्ने तयारी गरेपछि वाम गठवन्धन समस्यामा परेको छ ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा एमाले नेता अरुण नेपाल र माओवादी नेता अग्नी सापकोटाबीच प्रतिस्पर्धा देखिएको छ । त्यसमध्ये कसलाई दिने भन्नेमा पनि बाम तालमेलमा कुरा मिल्न सकेको छैन । दुई नम्बरमा यस अघि चुनाव जितेका शेरबहादुर तमाङ रहेपछि माओवादीले कुन क्षेत्र पाउने भन्ने समस्या उत्पन्न भएको छ ।
यसअघि कार्यदलले दोस्रो संविधानसभामा जितेको स्थानीय तहमा जितेका दलले नै उम्मेदवारी पाउने सहमति गरिसकेका छन् ।
एमाले र माओवादी गठवन्धनले ६०÷४० भागवण्डा गर्ने र पछि पार्टी एकता गर्ने घोषणा गरेका थिए । जसअनुसार प्रत्यक्ष तर्फको एक सय ६५ सिटमध्ये एमालेले ९९ र माओवादी केन्द्रले ५६ सिट लिने समझदारी भएको छ ।
त्यस्तै प्रदेशसभाको प्रत्यक्षतर्फ रहेको तीन सय ३० सीटमध्ये माओवादीले १ सय ३२ सीटमा दाबी गरेको छ । तर, एमालेले भने स्थानीय तहमा पाएको मतलाई आधार मान्दै माओवादीले मागेको जति दिन नसकिने अडान लिएको छ । जसका कारण वाम गठवन्धनमा उम्मेदवार चयन निकै असज देखिएको छ ।
कार्यकर्तामा निराशावाम गठवन्धका कारण दुवै दललाई नेता व्यवस्थापन गर्न सकस परेको छ । उम्मेदवार बन्ने आकांक्षी धेरै भएपनि प्रतिनिधिसभा सदस्यको संख्या घटेको र त्यसमा पनि वाम गठवन्धको ६०/४० को हिसावले उनीहरु समस्यामा परेका छन् ।
एमालेले आफ्नो प्रभाव रहेको क्षेत्रमा माओवादीलाई र माओवादीले आफ्नो प्रभाव रहेको क्षेत्रमा उम्मेदवार नपाउने अवस्था आएसँगै सम्वन्धित दलका कार्यकर्ताले सामाजिक सञ्जालहरुमा असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा एमालेले आफ्नो प्रभाव क्षेत्रको रुपमा लिने गरेको छ ।र, राजेन्द्र कुमार राईलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर भोजपुर माओवादीले पाउने भएसँगै एमाले कार्यकर्ताहरु निराश भएका छन् र कम भोट भएकालाई धेरै भोट भएकाले भोट हाल्न नसक्ने भन्दै सामाजिक सञ्जालहरुमा लेखेका छन् ।
माओवादीले आफ्नो प्रभाव क्षेत्रको रुपमा लिएको सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ लाई एमालेले पनि आफ्नो प्रभाव क्षेत्रको रुपमा लिएको छ । दोस्रो संविधान सभा निर्वाचनमा उक्त क्षेत्रमा नेपाली कांग्रेले एमाले उम्मेदवार अरुण नेपाललाई एक सय भन्दा कम मतअन्तरले पराजित गरेको थियो । तर उक्त क्षेत्र अहिले माओवादी नेता अग्नी सापकोटा उम्मेदवार बन्नलागेको भन्दै एमाले कार्यकर्ताले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
लोकतान्त्रिक गठवन्धमा पनि उस्तैवाम गठवन्धन भएपछि घेराबन्दीमा परेको भन्दै नेपाली कांग्रेसले तराई केन्द्रीत दल, दुई राप्रपासँग चुनावी तालमेलको घोषणा गर्दै लोकतान्त्रिक गठवन्धन बनाएको छ । धेरै दल समावेश भएको लोकतान्त्रिक गठवन्धनमा कुन दलले कति प्रतिशत उम्मेदवार पाउने निर्णय नभएका कारण कुन दलले कहाँ उम्मेदवारी दिने भन्ने तय हुन सकेको छैन । लोकतान्त्रिक गठवन्धन बनाउने भन्दै केही बैठक भएको भएपनि गणवन्धन खासै अस्तित्वमा आउन सकेन ।
दुई नम्बर प्रदेशमा ६० भन्दा बढी क्षेत्र समाजवादी फोरम र राजपाले मागेका छन् भने दुई राप्रपाले पनि करिब ४५ सीट मागेपछि कांग्रेस अफ्टेरोमा परको छ ।
तर नेपाली कांग्रेलले भने आफ्नो तर्फबाट उम्मेदवारी चयन प्रकृया थालेको छ । पहिलो चरण अन्तर्गत चुनाव हुने ३२ जिल्लामा उम्मेदवार टुंगो लगाउने कसरतमा कांग्रेस नेताहरु रातभर छलफलमा छन् । कांग्रेसले ३२ मध्ये ७ जिल्लामा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसभित्र उम्मेदवार बन्ने धेरै आकांक्षी भएको र वाम गठवन्धनका कारण जित्ने उम्मेदवारलाई टिकट दिनुपर्ने भएका कारण केही समस्या भएको छ ।
बाबुराम यता न उता !वाम गठवन्धन हुँदा निकै उत्साहित भएका बाबुराम भट्टराईको त्यो उत्साह हप्ता दिन भन्दा बढी समय टिकेन ।
आफू उम्मेदवार बन्न चाहेको गोर्खा क्षेत्र नम्बर दुईबाट माओवादी केन्द्रले उम्मेदवारी छोड्न नमानेपछि उनी वाम गठवन्धनबाट बाहिरिए । वाम गठन्धनबाट वाहिरिएसँगै उनी नेपाली कांग्रेससँग सहमति गर्न पुगे । गोर्खा क्षेत्र नम्बर १ नेपाली कांग्रेसलाई सहयोग गरेर दुई लिने निर्णय पनि गराए । तर उनको त्यो उत्साह लामो समय टिक्न नसक्ने देखिएको छ ।
कांग्रेसबाट गोरखा क्षेत्र नम्बर एकमा उम्मेदवार बन्न केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र कमला पन्त प्रतिस्पर्धामा छन् । त्यस्तै अव्दुल सतार, चेनमान श्रेष्ठ र राजनदेव भट्ट लागयतका नेताको नाम जिल्ला कार्यसमितिले केन्द्रमा पठाएका छन् ।
कांग्रेसभित्र गोरखा २ बाट चनाव लड्ने प्रत्यासीहरु बढी भएपछि बाबुरामको लागि कांग्रेससँगको तालमेल फलदायी नहुने देखिएको छ ।