
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ ।
कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपरान्ह ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए ।
प्रदेश प्रमुख खापुङले प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नेछन् ।