१९ असार २०८३, शुक्रबार

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष खनालले लिए शपथ

जेठ २०, २०८१
बुटवल
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष खनालले लिए शपथ

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

उनलाई आज मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराएका हुन् ।

शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले खनाललाई नियुक्ति गरेको थियो । खनालले यसअघि प्रदेश योजना आयोगको सदस्य भएर पनि काम गरेका थिए ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ निवासी खनालले गएको वर्ष भदौमा नियुक्त भएर चैतसम्म काम गरे ।

उनीसँग यसअघि चक्रपाणि खनाल संघीय सरकारको कृषिमन्त्री हुँदा स्वकीय सचिव भएर काम गरेको अनुभव छ भने सहकारी, शिक्षा, गैरसरकारी संस्थामा लामो समय काम गरेको अनुभव छ ।

सल्लाहकारमा आचार्य, अर्थ विज्ञमा बैद्धिक

यस्तै प्रदेशका मुख्यमन्त्री महराको राजनीतिक सल्लाहकारमा दाङका निर्मल आचार्यलाई नियुक्त गरिएको छ ।

माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज समेत रहेका आचार्यलाई मुख्यमन्त्री महराको सचिवालयमा रहने गरी नियुक्त गरिएको हो । उनले राज्यमन्त्री सरहको सेवासुविधा पाउनेछन् । आचार्यले आज पदभार ग्रहण गरेका छन् ।

अर्थ तथा विकास विज्ञमा तुलसीपुरका सुशान्त बैद्धिक नियुक्त भएका छन् । उनी यसअघिका मुख्यमन्त्री डिल्ली चौधरीको अर्थ विज्ञका रुपमा कार्यरत थिए ।

बैदिकले लन्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

उनीसँग लन्डनकै एक इकोनोमिक कम्पनीमा अर्थशास्त्रीका रूपमा काम गरेको अनुभव छ ।

salt training

कमेन्ट गर्नुहोस्