०८ असार २०८३, सोमबार

जेलमा हनीप्रीतको दीपावली

कात्तिक २०, २०७४
जेलमा  हनीप्रीतको दीपावली

काठमाडौं, २ कात्तिक — डेरा सच्चा सौदाप्रमुख राम रहीमकी प्रियपात्र हनीप्रीत डेरामा हुन्जेल महारानीको जस्तो जीवन जिउँथिन् । तर हिंसाको षड्यन्त्र रचेको अभियोगमा अहिले जेल परेकी हनीप्रीत पहिलोचोटि जेलभित्रै दीपावली मनाउन बाध्य भएकी छन् ।


अम्बाला केन्द्रीय कारागारमा कैद हनीप्रीत विगत कैयौं दिनदेखि राम रहीमको यादमा तड्पेर राम्ररी सुत्न सकेकी छैनन् । रातभरि उनले कोल्टे फेरेर राम रहीमको यादमा तड्पिएको देखेको कारागारका गार्डहरू बताउँछन् ।

राम रहीमसँगका क्षणहरू अनि पोहोर साल भव्य रूपमा मनाएको दीपावली सम्झेर हनीप्रीतको निधारमा चिन्ताका रेखाहरू देखिने गरेको गार्डहरूको भनाइ छ ।

अहिले चिकित्सकहरूले हनीप्रीतलाई अन्य औषधिबाहेक तनावमुक्त गराउने औषधि पनि दिइरहेका छन् ।

जेलको कालकोठरीमा कालो दीपावली मनाउनुपर्दा हनीप्रीतलाई विगतमा उज्यालो र खुशियालीका साथ मनाएको दीपावलीको याद झल्झल्ती आइरहेको छ ।

हनीप्रीतले जेलमा कष्ट भएका कारण टाउको दुखिरहेको र शरीर पनि दुखेको बताएपछि चिकित्सकहरूले उनको स्वास्थ्य परीक्षण गरेर औषधिहरू उपलब्ध गराएका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्