
जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र दर्ताका लागि सर्वसाधारणलाई सास्ती भएपछि दुई वटा दर्ता कक्ष थप गरिने भएको छ । प्रशासन कार्यालयमा बिहान ६ बजेदेखि नै राष्ट्रिय परिचयपत्र दर्ताका लागि सर्वसाधारणको घुइँचोले सास्ती भएपछि दुई वटा दर्ता कक्ष थप गर्न लागिएको हो ।
सर्वसाधारणको बढ्दो चाप र अहिले कार्यालयमा दुई वटा मात्रै दर्ता कक्ष रहेकाले थप दुई वटा कक्ष थप गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
कार्यालयम हाल दुई वटा विवरण दर्ता कक्षमार्फत परिचयपत्रको फारम भरिँदै आएको छ । उक्त दुई वटा दर्ता कक्षको दैनिक क्षमता ८० भए पनि अहिले एक सय २० जनालाई सेवा दिइएको छ ।