२२ जेठ २०८३, शुक्रबार

मुख्यमन्त्री कार्कीको आर्थिक सल्लाहकारमा डा सुवेदी

जेठ २०, २०८१
विराटनगर
मुख्यमन्त्री कार्कीको आर्थिक सल्लाहकारमा डा सुवेदी

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक सल्लाहकारमा डा मोहन सुवेदीलाई आज नियुक्त गरेका छन् ।  

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा उपप्राध्यापक पदमा कार्यरत सुवेदीले नेपालमा धितोपत्र व्यवहार विषयमा विद्यावारिधि गरेका छन् । डा सुवेदीले यसअघि प्रदेश सरकारको राजस्व परामर्श समितिमा विज्ञका रूपमा काम गरिसकेका छन् । 

मुख्यमन्त्री कार्कीले यसअघि प्रमुख स्वकीय सचिवमा जीवन कार्की, प्रेस सल्लाहकारमा विक्रम लुइँटेल, जनसम्पर्क सल्लाहकारमा रवि खनाललाई नियुक्त गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्