१२ असार २०८३, शुक्रबार

लक्ष्मी पूजाको धार्मिक विश्वास, यसो नगरे लक्ष्मी रिसाउँछिन्

कात्तिक २०, २०७४
लक्ष्मी पूजाको धार्मिक विश्वास, यसो नगरे लक्ष्मी रिसाउँछिन्
हिन्दू नेपालीहरुको दोस्रो मुख्य पर्व तिहार अन्तर्गत आज लक्ष्मी पूजा । यस दिन धनधान्यकी देवी लक्ष्मी धर्तीमा आउने धार्मिक व्याख्या छ ।

धनधान्यकी देवीलाई प्रशन्न गर्न सकेको खण्डमा लक्ष्मीले धन वर्ष गर्ने र आर्थिक रुपमा कुनै कमी नहुने जनविश्वास छ । जसका कारण मानिसहरुले घरको सरसफाइ गरेका छन् भने घरमा झिलिमिलि बत्तिहरु राखेका छन् । दीप प्रज्वलन गरेका छन् जसले गर्दा लक्ष्मी प्रशन्न हुनसकुन् ।

तर केही यस्ता कार्यहरुबारे धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ जसका कारण धनधानन्यकी देवी रिसाउने छिन् ।
लक्ष्मी पूजाको दिनसमेत विहान ढिला सम्म सुत्नु नकारात्मक कुरा हो । यो दिन व्रम्ह मुहुर्तमा उठेर नुहाइ धुवाइ गरे लक्ष्मी प्रसन्न हुेनछिन् ।

लक्ष्मी पूजाको दिन साँझमा सुत्नु भनेको दरिद्रतालाई बोलाउनु हो । त्यस्ता व्यक्तिलाई मात्र सुत्ने अधिकार छ जो विरामी र अशक्त छन् । लक्ष्मीले यस्तो देखेका उनी रिसाएर फर्कने र घरमा आर्थिक लाभ नहुने विश्वास गरिन्छ ।
जो नशामा रहन्छ उनीहरुलाई समेत यस दिन नशा वर्जित गरिएको छ । कुनै पनि नशाको प्रयोग गर्नाले घरमा गरिबी र दरिद्रता आउने छ ।

घरको सफाइ गर्न भुलिएको खण्डमा पनि प्रशन्न हुने छैनन् । धार्मिक मान्यता अनुसार जहाँ सफा छ त्यहाँ मात्र लक्ष्मीको बास हुन्छ । घरमा रंगेली बनाउनु, द्वारहरुमा फुलले सजाउने आदी काम गर्दा लक्ष्मी प्रशन्न हुनेछिन् र धन वर्षा गर्नेछिन् ।

वाणीमा नियन्त्रण र रिस रागमाथिको नियन्त्रणले पनि लक्ष्मी प्रशन्न हुने धार्मिक विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्