२४ जेठ २०८३, आइतबार

संघीय संसद्का दुवै सदनमा बजेटमाथिको छलफल जारी रहने

जेठ २१, २०८१
काठमाडौं
संघीय संसद्का दुवै सदनमा बजेटमाथिको छलफल जारी रहने

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रियसभा बैठक मध्याह्न १२ : १५ बजे बोलाइएको छ ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’पेस गर्ने कार्यसूची छ । 

null

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । 

यस्तै राष्ट्रिय सभामा पनि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ ।

null

salt training

कमेन्ट गर्नुहोस्