०५ साउन २०८३, मंगलबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने

जेठ २१, २०८१
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । 

निर्माण कार्यको लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो । 

कात्तिक २३ गतेदेखि चैत १८ सम्म विमानस्थल राति बन्द गरिने नागरिक उड्डयन प्राधिकरण उच्च स्रोतले जनाएको छ । 

स्रोतका अनुसार मर्मत कार्यका लागि दैनिक १० घण्टा विमानस्थलमा बन्द गर्न लागिएको हो । 

विमानस्थलमा हवाई क्षेत्रको क्षमता र सुरक्षा मापदण्डलाई सुधार गर्न नयाँ ट्याक्सीवेलाई विद्यमान ट्याक्सीवे प्रणाली र धावनमार्गसँग जोड्ने प्राधिकरणको योजना छ । 

यी कार्यहरू रनवे सेन्टरलाइनको दुवै छेउमा ७५ मिटरको दायराभित्र गरिने प्राधिकरणले जनाएको छ । जसले विमानस्थलको मास्टर प्लानअनुसार हवाई क्षेत्रको क्षमता र सुरक्षा मापदण्ड सुधार गर्ने विश्वास छ । 

नयाँ ट्याक्सीवे जडानहरू बनाउन विद्यमान ट्याक्सीवेको केही भाग अस्थायी रूपमा बन्द गरिनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका बेला अन्तर्राष्ट्रिय उडानको चाप घटाउन गौतमबुद्ध विमानस्थल प्रयोग गर्ने प्राधिकरणको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्