२३ जेठ २०८३, शनिबार

'सिक्रेट सुपरस्टार' फिल्म समीक्षा : खुशी, आँसु र उत्साहको त्रिवेणी

कात्तिक २०, २०७४
'सिक्रेट सुपरस्टार' फिल्म समीक्षा : खुशी, आँसु र उत्साहको त्रिवेणी

काठमाडौं, २ कात्तिक — इंसिया मलिक (जायरा वसीम) १५ वर्षीया प्रतिभाशाली किशोरी हुन् । बडौदामा बस्ने इंसियाका आमाबुवाको राम्रो सम्बन्ध नभएकाले उनको भावना आहत भएको छ । तैपनि इंसिया गायक बन्ने आफ्नो सपना पूरा गर्नका लागि भरपूर कोशिश गर्छिन् । त्यसबाहेक उनी आफ्नी आमालाई पुरातनवादी तथा हिंस्रक बुवाबाट छुटाउन पनि प्रयत्न गर्छिन् ।


पहिलोचोटि फिल्म निर्देशन गरेका अद्वैत चन्दनले आमिर खानसँग काम सिकेका हुन् । फिल्ममा आमिर खानले अचम्मको हाउभाउ भएको एक संगीतकारको भूमिका खेलेका छन् । फिल्ममा भावना, खुशी, आँसु, जोश र उत्सुकता देख्न पाइन्छ ।

त्यसो त फिल्ममा नयाँपन छैन । एक किशोरी आफ्नो सपना पूरा गर्न चाहन्छिन् भने एक महिला हिंस्रक बिहेबाट मुक्त हुन चाहन्छिन् । यस्ता कथामा थुप्रै फिल्म बनिसकेका छन् । तर यही कथालाई देखाउने तरिका चाहिँ अरूभन्दा फरक किसिमको छ ।

फिल्ममा आमाछोरीको पीडालाई दर्शकले अनुभूति गर्न सक्छन् । पुरातनपन्थी घरमा उनीहरूको भावनामाथि पनि बन्धन छ । इंसियाले आफूलाई स्वतन्त्र बनाउने संघर्ष गर्दा तपाईंका आँखा रसाउँछन् । उनको सफलताका लागि तपाईं कामना गर्नुहुन्छ ।

आमिर खान अभिनयमार्फत सबै दृश्यमा छाएका छन् । उनको चरित्र अमेरिकी आइडलका जज साइमन कावेल र सन् १९९० को दशकका बलिउडी संगीतकारको जस्तो देखिन्छ । तर आमिरले आफ्नो सुपरस्टारडममार्फत जायराको पात्रमाथि अन्याय भने गरेका छैनन् ।

जायरालाई फिल्ममा देख्दा खुशी लाग्छ । उनले सहज अभिनय गरेकी छन् । उनको आमाको भूमिकामा मेहर, बाका रूपमा चिन्तन शर्मा र बालकलाकार कबीरले पनि उम्दा अभिनय देखाएका छन् ।

अमित त्रिवेदीको संगीत आनन्ददायक छ । तैपनि यो उनको उत्कृष्ट संगीत भने हैन ।

तपाईं आफ्नी आमालाई माया गर्नुहुन्छ भने यो फिल्मले तपाईंलाई छुन्छ । किशोरीहरूले त यो फिल्म अवश्य हेर्नुपर्छ ।

नवभारत टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्