
न्युरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले भत्काएको सडक किनारा फेरि बनाउन थालिएको छ । फुटपाथ फराकिलो बनाउन भन्दै महानगरले भत्काएको इन्द्रचोकतर्फको सडक फेरि सडक विभागले बनाउन थालेको हो ।


गत शनिबार न्युरोड क्षेत्रमा महानगरका कर्मचारीले धमाधम सडक काटेका थिए । बिना अनुमति सडक काटिएको भन्दै सडक डिभिजनले उक्त कार्यमा रोक लगाएको थियो भने स्थानीयले पनि विरोध जनाएको थियो ।

न्युरोडको सडकलाई साँघुरो बनाउन खोजिएको भन्दै पार्ने काठमाडौं महानगरको योजनामा स्थानीयले समेत चर्को विरोध जनाएका छन् ।