
चलचित्र ‘प्रसाद- २’ का निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् ।
उनलाई काठमाडौंको कमलपोखरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले लोकान्तरलाई जानकारी दिए ।
आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दियो ।
आफूहरूको मन्जुरीविना चलचित्र ‘प्रसाद–२’लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको बस्नेतको आरोप छ ।
चलचित्र ‘प्रसाद २’को विवादमा निर्देशक थापाविरुद्ध २०८० असोजमै पक्राउ पुर्जी जारी भएको थियो ।