०७ असार २०८३, आइतबार

नुहाउने क्रममा डुबेर श्रेष्ठ दाजुभाइ बेपत्ता

कात्तिक २०, २०७४
नुहाउने क्रममा डुबेर श्रेष्ठ दाजुभाइ बेपत्ता
चितवन, २ कात्तिक -पवित्र तीर्थस्थल देवघाट धाममा श्राद्ध गर्न आएका दुई दाजुभाइ नुहाउने क्रममा आज दिउँसो नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार डुबेर बेपत्ता हुनेमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उहाँका भाई २८ वर्षीय राजकुमार श्रेष्ठ हुनहुन्छ ।
दिउँसो १ बजे श्राद्ध गर्न पूर्व देवघाटतर्फको नदीमा नुहाउने क्रममा उहाँहरू बेपत्ता हुनुभएको हो ।
प्रहरी नायब उपरीक्षक आचार्यका अनुसार बेपत्ता श्रेष्ठ दाजुभाईको खोजी कार्य जारी छ ।

कमेन्ट गर्नुहोस्