०८ असार २०८३, सोमबार

अबेर रातीसम्म बालुवाटारमा कांग्रेसको बैठक, केही जिल्लामा उम्मेदवारको नाम तय

कात्तिक २०, २०७४
अबेर रातीसम्म बालुवाटारमा कांग्रेसको बैठक, केही जिल्लामा उम्मेदवारको नाम तय
काठमाडौं २ कात्तिक –मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेस संसदीय समितिको बैठक बिहीवार अबेरसम्म बसेको छ । आइतवार हुने मनोनयनका लागि कांग्रेसले शुक्रवारसम्म उम्मेदवार छानिसक्ने बताएको छ ।

पहिलो चरणका लागि मंसिर ५ गते हुने मनोनयनका लागि उम्मेदवार चयन गर्न कांग्रेस बैठक बसिरहेको हो । पहिलो चरणमा चुनाव हुने ३२ जिल्ला मध्ये अधिकाशं स्थानमा सहमति जुटेको कांग्रेस नेतारुले दावी गरेका छन् ।

कांग्रेसले पहिलो चरणमा चुनाव हुने जिल्लाहरु मध्ये नुवाकोट १ मा डा. रामशरण महत, २ मा अर्जुननरसिंह केसी र ओखलढुंगामा रामहरि खतिवडाको नाममा सहमति जुटाएको छ ।

सिन्धुपाल्चोकमा मोहन बहादुर बस्नेत, मनाङमा टेकबहादुर गुरुङको नाममा पनि सहमति भएको जनाइएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट, बरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट र नेता बिमलेन्द्र निधि धनुषा ३ बाट उठ्ने सहमति भएको छ । कृष्ण सिटौला, केबी गुरुङ र बालकृष्ण खाँण समानुपातिकको सूचीमा परेका छन् ।

प्रकाशमान सिंह काठमाडौं १, गगन थापा काठमाडौं ४, डा. प्रकाशशारण महत काठमाडौं ५ तथा नवीन्द्रराज जोशी काठमाडौं ८ बाट उम्मेदवार बन्ने पक्का भएको छ ।

उपप्रधानमन्त्री समेत रहेका नेता गोपालमान श्रेष्ठ स्याङजा १, चन्द्र भण्डारी गुल्मी २, विजयकुमार गच्छादार सुनसरी ३, ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४ बाट उम्मेदवार बन्ने सहमति भएको कांग्रेस नेताहरुले जनाएका छन् ।

गोरखामा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईलाई छाड्ने नछाड्ने बिषयमा कांग्रेसमा सहमति हुन सकेको छैन् । यही कारणले गोरखाको उम्मेदवारी टुंगो लाग्न सकेको छैन् । 
*फाइल तस्वीर

salt training

कमेन्ट गर्नुहोस्