०६ असार २०८३, शनिबार

पोखरामा नयाँ बर्षमा भिन्तुना -याली

कात्तिक २०, २०७४
पोखरामा नयाँ बर्षमा भिन्तुना -याली

पोखरा, ३ कात्तिक (रासस) : नेपाल संवत् ११३८ को उपलक्ष्यमा यहाँ आज विहान भिन्तुना -यालीको आयोजना गरियो ।


नेवाः खलः कास्कीको आयोजनामा पोखराको सभागृह चोकबाट निस्केको -याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, नालामुख हुँदै भीमसेन टोलमा पुगेर सम्पन्न भएको थियो ।

-यालीमा नेवारी वेशभूषामा सजिएका पुरुष तथा महिलाको सहभागिता थियो । -यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो । नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत् राष्ट्रिय विभूति शंखधर साख्वाले चलाएका हुन् ।

सोही उपलक्ष्यमा नेवारी समुदायले आज राति घरघरमा म्हःपूजा गर्ने कार्यक्रम रहेको नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्