२८ जेठ २०८३, बिहीबार
ओलीको स्मृतिमा संसद् विघटन

एमाले समाप्त हुने खतरा देखेपछि संसद् विघटन गरेको हुँ : केपी ओली

जेठ २६, २०८१
काठमाडौं
एमाले समाप्त हुने खतरा देखेपछि संसद् विघटन गरेको हुँ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमालेको अस्तित्व समाप्त हुने खतरा देखेपछि संसद् विघटन गरेको बताएका छन् ।

एमाले काठमाडौं जिल्लाको सातौं अधिवेशनको शनिबार उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा भएको संसद् विघटनको प्रसंगलाई कोट्याएका हुन् ।

संसद् विघटन गरेकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको रहेको उनले बताए । त्यति बेला प्रतिनिधि सभा विघटन नगरेको भए आज नेकपा एमाले भन्न पाउने थिएनौं, यो अन्तै लगेर बुझाइसक्या हुन्थ्यो,' उनले भने, 'दक्षिणपन्थीका पाउमा लगेर सरकार बझाए जसरी नै एमाले पनि बुझाइन्थ्यो ।'

केही मान्छेले कुरा बुझ्न नसकेको देख्दा आफू छक्क पर्ने गरेको ओलीले बताए ।

'कतिपय मान्छेहरूले कहिल्यै पनि कुरा नबुझ्ने खालको प्रवृत्ति देख्दा म छक्क पर्छु, अरू सबै ठिकै थियो, पुस ५ गते संसद् चै भंग नगरेको भए हुन्थ्यो भन्छन्,' कार्यक्रममा ओलीले भने, 'अरूले केही गर्न सक्ने अवस्था थिएन । तर पार्टी भित्रैबाट हुँडलो मच्चाएपछि संसद् भंग गरेको हुँ ।'

ओली प्रधानमन्त्री हुँदा २०७७ पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्